नागरिकता विधेयकमा रास्वपामा दुई धार
रास्वपा सभापति सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको भनाइ राखेका छन्। रास्वपा सभापति लामिछानेले फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौं, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेको बिषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई धारमा विभाजित भएको छ।
रास्वपा सभापति सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको भनाइ राखेका छन्। रास्वपा सभापति लामिछानेले फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भने संचारमाध्यमलाई प्रतिक्रिया दिँदै नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य रहेको बताएका छन्।
नागरिकता विधेयक प्रमाणीकरणले भने अनागरिक भएर बसेका लाखौँलाई नागरिक बनाउने सांसद झाको भनाइ छ। झाले नागरिकताविहीन हुँदा लाखौँ युवाले जागिर खान नपाएको अवस्थालाई समाधान गर्ने समेत बताएका छन्।
‘अनागरिक हुनु सबैभन्दा ठूलो पीडा हो। विदेशबाट श्रम गरेर पठाएको पैसाले छोराले पढेको छ। तर, नागरिकता नभएर जागिर खान पाएको थिएन। अब समस्या समाधान हुने हुँदा विधेयक प्रमाणीकरणलाई स्वागत गर्छु,’ झाले बुधवार संचारमाध्यमलाई प्रतिक्रिया दिनेक्रममा भनेका छन्, ‘लामो समय अड्काएर अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने बेला भएको प्रमाणीकरणले भने शंका उब्जाएको छ।’
तर रास्वपाकै सभापति लामिछानेले भने विरोध गरेका छन्। यसरी रास्वपाभित्रै नागरिकता विधेयकमा दुई धार देखिएको छ।











-1784539922.jpg)