Kathmandu Press

‘सुर्तीजन्य पदार्थ सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन जरूरी’

सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको उनले बताए।
‘सुर्तीजन्य पदार्थ सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन जरूरी’

काठमाडाैं, जुठ १७ : विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।

खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन भन्ने नाराका साथ दिवस मनाइएको हो। दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमााडैंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको भन्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न अनुरोध गरे।

सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको उनले बताए। उनले स्वास्थ्य क्षेत्र सुधारका लागि कार्यायोजना बनाउन कर्मचारीलाई सुझाव दिँदै यसमा आफ्नो पूर्ण साथ रहने बताए।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त सङ्कलित करबाट आर्थिकरुपमा विपन्न्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारीरूपमा अगाडि बढाउन आवश्यक रहेको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ। मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ। 

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्