झलनाथ खनालमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीकाे माग
नेकपा एकीकृत समाजवादीले आज (बुधबार) वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालमाथि दुर्व्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेको हो।
काठमाडौं, जेठ १७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहार गर्नेहरुमाथि कारबाहीको माग गरिएको छ।
नेकपा एकीकृत समाजवादीले आज (बुधबार) वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालमाथि दुर्व्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेको हो।
उपमहासचिव डा. गंगालाल तुलधारद्वारा जारी वक्तव्यमा भनिएको छ, पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई बिथोल्ने नियतले होहल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्दछ।’
प्रकाशित मिति: १४:२८ बजे, बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार