Kathmandu Press

मेलम्चीको पानी काठमाडौँ पठाइयो

यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।
मेलम्चीको पानी काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक, जेठ १७ : मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ।

यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो।

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी दिए। 

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्