Kathmandu Press

कांग्रेसका १४ जिल्ला सभापतिले भने- कोशी प्रदेशको नाम पुनर्विचार गरियाेस्

काेशी प्रदेशमा पर्ने १४ जिल्लाका कांग्रेस सभापतिले संयुक्त विज्ञप्ति जारी गरेर कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग आग्रह गरेका हुन्।
कांग्रेसका १४ जिल्ला सभापतिले भने- कोशी प्रदेशको नाम पुनर्विचार गरियाेस्

विराटनगर, जेठ १७ : नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन्।

काेशी प्रदेशमा पर्ने १४ जिल्लाका कांग्रेस सभापतिले संयुक्त विज्ञप्ति जारी गरेर कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग आग्रह गरेका हुन्।

‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ,' विज्ञप्तिमा भनिएको छ,  'यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौँ ।’

प्रदेशसभाले प्रदेश १ काे नाम कोशी राखेपछि आन्दोलन भइरहेको उनीहरुकाे भनाइ छ। नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

सभापतिहरूले संयमित विराेध र विराेधकाे सम्मान लाेकतन्त्रकाे महान् मन्त्र भएकाे उनीहरूकाे भनाइ छ।

343624481_985135235812693_7331652450120594126_n1685520937.png

प्रकाशित मिति: १३:३२ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्