Kathmandu Press

नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए

जेठ १२ गते प्रक्राउ परेका उनलाई प्रहरीले म्याथ थपका लागि अदालत लैजान लाग्दा उनले आत्महत्या प्रयास गरेका थिए।
नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए

मोरङ, जेठ १७ : विराटनगरस्थित नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन्। मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए। शौचालयबाट ननिस्किएपछि हेर्दा झुन्डिएको अवस्थामा भेटिएका थिए।

मृतकले आफैंले लगाएको हरियो कपडा गाउनको पासो लगाएको प्रहरीले जनाएको छ।

१३ वर्षीय छोरी करणी गरेको आरोपमा पक्राउ गरेका उनी जेठ १४ गते घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि उपचारका लागि प्रहरीले उनलाई आफन्तको जिम्मा लगाएको थियो।

जेठ १२ गते प्रक्राउ परेका उनलाई प्रहरीले म्याथ थपका लागि अदालत लैजान लाग्दा उनले आत्महत्या प्रयास गरेका थिए। सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए।

 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्