Kathmandu Press

समर्थन फिर्ता लिँदै कोसी सरकारबाट बाहिरियो जसपा

लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्। कोशी प्रदेशमा जसपाबाट उनी एक्ला सांसद हुन्। 
समर्थन फिर्ता लिँदै कोसी सरकारबाट बाहिरियो जसपा

विराटनगर, जेठ १७ : जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपाका एक नेताले जानकारी दिए। अहिलेको सरकारले निकास दिनुको सट्टा समस्या  मात्र बल्झाएकाले सरकारमा बसिरहन आवश्यक नभएको निष्कर्ष पार्टीले निकालेको उनको भनाइ छ।

सुनसरीको इटहरीमा आज (बुधबार) सम्पन्न बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन्। कोशी प्रदेशमा जसपाबाट उनी एक्ला सांसद हुन्। 

संवैधानिक प्रक्रियाअनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत जुटाउन नसके मुख्यमन्त्री कार्कीको सरकारढल्नेछ।

कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीका  ४ र जसपाको १ सांसद छन्।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्