Kathmandu Press

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी

२०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले २ दिन अघि सर्वोच्चमा रिट दिएकी थिइन्। सो रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।
रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी

काठमाडाैं, जेठ १६ : टीकापुर घटनामा दोषी ठहरभइ कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिन सरकारले सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

२०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले २ दिन अघि सर्वोच्चमा रिट दिएकी थिइन्। सो रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।

चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णय खारेज गरि पीडितलाई न्याय र दण्डहिनताको अन्त्य गर्न रिटमा माग छ। रिटको पेशी बुधबार तोकिएको छ।

मन्त्रिपरिषदको सिफारिस बमोजिम राष्ट्रपतिले आममाफी दिएपछि चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ जना बालकको ज्यान गएको थियो। उक्त घटनामा चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर हुने निर्णय गरेको थियो।

शारदा कठायत टिकापुर घटनामा मारिएकी प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती हुन्।

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्