Kathmandu Press

नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई कारबाही गर्न नेकपा एसको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी)ले मंगलबार माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ।
नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई कारबाही गर्न नेकपा एसको माग

काठमाडौं, जेठ १६ : नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका सबै अपराधीहरुलाई कारबाही गर्न नेकपा एकीकृत समावादीले माग गरेका छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी)ले मंगलबार माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको छ।

उनीहरूले भ्रष्टाचारको पुराना फाइलहरू खोलेर पूर्ण छानविन गरी कानूनी कारबाही गर्न पनि माग गरेका छन्।

343571529_119309127830785_1882769505128654675_n1685450190.png

प्रदर्शनमा सहभागी भएका नेकपा एसका नेता तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोही दोषी नउम्कने र कोही निर्दोष नफस्ने गरी अनुसन्धानलाइ निष्कर्षमा पुराउनुपर्ने बताए। उनले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरूको पनि छानविन गर्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबार नै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोहविरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्