Kathmandu Press

‘प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप बलियो हुन्छ’

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री साउदले नेपाल र भारतबीच रहेको परम्परागत सम्बन्ध रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप घनिभुत, सुदृढ र बलियो हुने विश्वास गरे।
‘प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप बलियो हुन्छ’

काठमाडौं, जेठ १६ : परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री साउदले नेपाल र भारतबीच रहेको परम्परागत सम्बन्ध रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप घनिभुत, सुदृढ र बलियो हुने विश्वास गरे।

विद्युत क्षेत्रमा भारतको लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाईन निर्माण गरेर विधुत व्यापारको वातावरण बनाउने, भारतका साथै वंगलादेशसंगको विद्युत व्यापारको आधार तयार गर्ने काम भ्रमणबाट हुने उनको भनाइ छ। विद्युत बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लामो समयको सम्झौता खोज्ने प्रयत्नमा रहेको उनले बताए।

उनले महाकाली क्षेत्रमा केही पक्की पुल निर्माणका लागि ठोस पहलकदमी हुने जानकारी दिए। त्यस्तै राष्ट्रहितमा रहेर भारतसँग अन्य केही विषयमा सहमति हुन सक्ने उनको भनाई छ।

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्