Kathmandu Press

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई उपलव्धीमुलक बनाउने विषयमा छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल

काठमाडौं, जेठ १४ : मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई उपलव्धीमुलक बनाउने विषयमा छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले भारत भ्रमणको एजेण्डा र टोलीको टुङ्गो लागिसकेको बताइन्। प्रधानमन्त्री दहाल ४ दिने भ्रमणका लागि भोलि भारत जाने कार्यक्रम छ।

बैठकमा नागरिकताका विधयकका विषयमा छलफल भएको भन्दै संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास लिइएको उनले बताइन्।

 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्