Kathmandu Press

अखण्ड भारतको नक्साप्रति ओलीकाे आपत्ति, भने- प्रधानमन्त्रीले भारत सरकारसँग नक्सा सच्याउनुस् भन्नुपर्छ

‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ,’ उनले भने, ‘यतिकुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने?’
अखण्ड भारतको नक्साप्रति ओलीकाे आपत्ति, भने- प्रधानमन्त्रीले भारत सरकारसँग नक्सा सच्याउनुस् भन्नुपर्छ

काठमाडौं, जेठ १६ : भारतको संसद भवनमा राखिएको नक्साप्रति एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन्। भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालका भूभागहरू समावेश गरिएको तस्बिर सर्वाजनिक भएको पछि ओलीले आपत्ति जनाएका हुन्।

‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसदजस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन,’ अखिल नेपाल महिला संघको कार्यक्रममा ओलीले भने।

ओलीले नेपालका भूभागहरुलाई समावेश गर्दै आफ्नो नक्सामा राखेर भारतले नेपालप्रति हेपाहा प्रवृति देखाएको समेत बताए। उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उक्त नक्सा हटाउन भन्नसक्नुपर्ने बताए।

‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ,’ उनले भने, ‘यतिकुरा गर्न सक्नु हुन्न भने भारत भ्रमणमा किन जाने?’

राष्ट्रहीतमा कुरा गर्न नसके प्रधानमन्त्रीको भारत भ्रमणको कुनै अर्थ नहुने ओलीले बताए । नेपालको भूमि आफ्नो नक्साभित्र हालेर भारतजस्तो नमूना लोकतन्त्र भनिएको देशले हेपाहा काम गरे त्यसलाई उचित भन्न नसकिने उनले बताए।

ओलीले विश्वमै ठूला देशले साना देशलाई हेप्ने क्रमले निरन्तरता पाए पनि संयुक्त राष्ट्रसंघ निरीह रहेको बताए।

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्