Kathmandu Press

बजेटमा कसैलाई फेबर गरेको छैन, त्याे पुष्टी भए पद छाडेर हिँड्छु : अर्थमन्त्री

उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको समेत बताए । महतले भने विद्युतीय गाडीलाई प्रोत्साहन गरेको बताएका छन् ।
बजेटमा कसैलाई फेबर गरेको छैन, त्याे पुष्टी भए पद छाडेर हिँड्छु : अर्थमन्त्री

काठमाडौं, जेठ १६ : आगामी आर्थिक बर्षको बजेटमा महँगा विद्युतीय गाडीमा कर घटाएको भन्दै टिकाटिप्पणी भइरहेका बेला अर्थमन्त्री डा.प्रकासशरण महतले कर नबढेको बरु सस्तो भएको बताएका छन्। बजेटको बिषयमा प्रश्ट पार्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले यस्तो भनाई राखेका हुन्।

उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको समेत बताए । महतले भने विद्युतीय गाडीलाई प्रोत्साहन गरेको बताएका छन्। व्यवसायीको मार्जिन कस्ट बढी भएको हुँदा घटाउने काम गरिएको भनाई महतको छ।

विद्युतीय गाडीमा आफूले कसैलाई फेबर नगरेको दाबी गर्दै मन्त्री महतले भने, ‘कसैलाई फेबर गरेको पुष्टी भए म अहिले नै पद छाडेर हिँड्छु।’

विद्युतीय गाडीमा बजेटमार्फत ५० देखि १०० किलोवाटसम्म कर बढेको छ।

 

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्