Kathmandu Press

भारत भ्रमणमा राम्रो गर्ने कासिस गर्छु, नराम्रो गर्दिनँ : प्रधानमन्त्री

‘भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भारत जाने लागेको छु,’ उनले भने,‘भ्रमणमा सकेसम्म राम्रो गर्ने कोसिस गर्छु, नभएपनि नराम्रो चाहिँ गर्दिनँ।’
भारत भ्रमणमा राम्रो गर्ने कासिस गर्छु, नराम्रो गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं, जेठ १६ : प्रधानमन्त्री पुष्कपमल दाहालले आसन्न भारत भ्रमणमा सकेसम्म राम्रो गर्न कासिस गर्ने बताएका छन्। माओवादी केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले यस्तो बताएका हुन्।

‘भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भारत जाने लागेको छु,’ उनले भने,‘भ्रमणमा सकेसम्म राम्रो गर्ने कोसिस गर्छु, नभएपनि नराम्रो चाहिँ गर्दिनँ।’

ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए । बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविष्यसम्म सम्झने काम हुने उनले बताए।

ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पुर्‍याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्