‘ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुन्छ’
उनले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथि नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताए।
काठमाडौं, जेठ १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन्।
मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताए।
‘गौर र दरबार हत्याकाण्डलगायत ठूला हत्याकाण्ड र ठूला भ्रष्टाचार प्रकरणको फाइल क्रमशः खोलिन्छ,’ प्रधानमन्त्री हदालले भने, ‘४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन पनि हुन्छ ।’
उनले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथि नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले भने, ‘राज्यको नेतृत्वमा बस्नेहरू नै भ्रष्टाचारमा सामेल हुन थालेका छन्, यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको छु।’
प्रधानमन्त्री दहालले सेटिङ मार्फत हुने भ्रष्टाचारबिरुद्ध दरोसँग उभिने संकल्प आफूले गरेका बताए ।











