नेपाल आउँदा पिसिआर रिपोर्ट र खोपको रिपोर्ट बोक्नु नपर्ने
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
काठमाडाैं, जेठ १६ : अन्तर्राष्ट्रिय हवाई यात्राका क्रममा नेपालमा अनिवार्य गरिएको पिसिआर रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्रको प्रावधान सरकारले हटाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको हो।
यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्ने छैन।
तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्छ।
प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार