महोत्तरीको एनएमबी बैंकको शाखाबाट ३५ लाख लुटपाट
सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा एक समूहले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।
महोत्तरी, जेठ १६ : महोत्तरीमा रहेको एनएमबी बैंकमा अज्ञात समूहले बैंक लुटपाट गरेका छन्। सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा एक समूहले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका छन्।
मास्क लगाएर बैंक प्रवेश गरेका लुटेराहरु लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।
प्रकाशित मिति: १४:०० बजे, मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











