Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन जनाको बयान जारी

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन जनाको बयान जारी

काठमाडौं, जेठ १६ : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मंगलवार तीन जनाको बयान भइरहेको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको छ।

राई पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहाकार हुन् भने केसी पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पिए हुन्। यत, दाङका शर्माविरुद्ध विचौलिया गिरोहमा संलग्नताको आरोप छ।

अहिलेसम्म पाँच जनाको बयान सकिएको छ। अझै १२ जनाको बयान हुन बाँकी छ।

प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। बयान सकेपछि मात्रै थुनछेकसम्वन्धी बहस हुने छ।

 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्