Kathmandu Press

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रकिया

मंगलबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ।
अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रकिया

काठमाडौं, जेठ १६ : सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रकिया अघि बढेको छ। संसदीय सुनुवाई समितिले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो।

कामुप्रधानन्यायाधीश रहेका कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते प्रधानन्यायाधीशमा सिफारिस भएका थिए।

मंगलबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको छ। सो सम्बन्धि सूचना बुधबार गोरखापत्रमा प्रकाशन गरिनेछ।

कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्ने बताइएको छ।

बैठकले समिति सञ्चालनसम्बन्धी कार्याविधि समेत पास गरेको छ। समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्