Kathmandu Press

संसद विकास कोष ब्युँताएपछि बालेनले भने– सांसदहरू वडाध्यक्षको लेवलमा आए

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहह वडाध्यक्षको लेबलमा आउनुभयो,’ बालेनले लेखेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू?’
संसद विकास कोष ब्युँताएपछि बालेनले भने– सांसदहरू वडाध्यक्षको लेवलमा आए

काठमाडौं, जेठ १६ : संसद विकास कोष ब्यूँताउने सरकारको निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ। सांसददेखि सर्वसाधारणले पनि त्यसको विरोध गरेका छन्।

यो निर्णयको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलेले पनि विरोध गरेका छन्। सरकारको यो नियर्णय विरोध गर्दै बालेनले समाजिक सञ्जालफार्तत सांसदहरू वडा अध्यक्षको लेबलमा आएको बताएका छन्।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहह वडाध्यक्षको लेबलमा आउनुभयो,’ बालेनले लेखेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू?’

अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषलाई मार्फत हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन्। अर्थमन्त्री महतले जम्मा  ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेका छन्।

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्