Kathmandu Press

राजस्व प्रशासनमा प्रविधिको प्रयोग

कर प्रशसानबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा लैजान सबै करदातालाई क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रुपमा उपलब्ध हुने व्यवस्था गरिने भएको छ।
राजस्व प्रशासनमा प्रविधिको प्रयोग

काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा। प्रकाशशरण महतले राजस्व प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन प्रविधिको प्रयोग गरिने बताएका छन्।

अर्थमन्त्री महतले बजेट प्रश्तुतीका क्रममा उक्त जानकारी दिएका हुन्। कर प्रशसानबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा लैजान सबै करदातालाई क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रुपमा उपलब्ध हुने व्यवस्था गरिने भएको छ।

भन्सारमा पेस गर्नुपर्ने कागजात सबै विद्युतीय माध्यमबाट पेस गर्न सकिने व्यवस्था मिलाएर जाँचपास सरल र पारदर्शी बनाइने बजेटमा जनाइएको छ ।

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्