Kathmandu Press

विदेशबाट फर्कंदा जुनसुकै आकारको टिभी भन्सार छुटमा ल्याउन पाइने

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै कम्तीमा एक वर्ष रहेकाले नेपाल फर्कँदा जुनसुकै आकारको टिभी भन्सार छुटमा ल्याउन पाउने व्यस्थान गरिएको बताए। 
विदेशबाट फर्कंदा जुनसुकै आकारको टिभी भन्सार छुटमा ल्याउन पाइने

काठमाडाैं, जेठ १५ : सरकारले विदेशबाट फर्कँदा जुनसुकै आकारको टिभी भन्सार छुटमा ल्याउन पाउने निर्णय गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै कम्तीमा एक वर्ष रहेकाले नेपाल फर्कँदा जुनसुकै आकारको टिभी भन्सार छुटमा ल्याउन पाउने व्यस्थान गरिएको बताए। 

यस्तै, उनले ६ महिलाभन्दा बढी विदेशमा रहेर नेपाल फर्कँदा २ वटा मोबाइल भन्सार छुटमा ल्याउन पाउने व्यवस्था गरिएको पनि बताए।

प्रकाशित मिति: १९:२३ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्