Kathmandu Press

ब्यूँतियाे सांसद विकास कोष

अर्थमन्त्री प्रकाशरण महतले त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताए।
ब्यूँतियाे सांसद विकास कोष

काठमाडौं, जेठ १५ : सरकारले सांसद विकास कोष ब्युँताएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटबाट कटौती भएको  ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’ अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरे।

अर्थमन्त्री डा. महतले ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’का लागि प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याएको बताए। अर्थमन्त्री प्रकाशरण महतले त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताए।

‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत संबोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,’ उनले भने ।

 

प्रकाशित मिति: १९:४५ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्