फास्ट ट्रयाकका लागि २२ अर्ब ५० करोड, ६ सयवटा झोलुगे पुल बन्ने

काठमाडौं, जेठ १५ : काठमाडौं-तराई-मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्यलाई अघि बढाउन २२ अर्ब ५० करोड रकम विनियोजन गरिएको छ।
द्रुत मार्गका लागि ठेक्का लाग्न बाँकी खण्डको ठेक्का व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले फास्ट ट्रयाक निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। २०८३ साल मंसिरभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको छ।
सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा थप ६ सयवटा झोलुगे पुल निर्माण गर्ने जानकारी दिएको छ।
ग्रामीण विकासका लागि झोलुगे पुल निर्माण गर्न लागिएको जनाइएको छ।
महतले ग्रामीण विकासका लागि झोलुगे पुल निर्माण गर्न लागिएको बताए। झोलुगे पुल निर्माणका लागि ५ अर्ब ८३ करोड रकम विनियोजन गरिएको जानकारी दिए।
प्रकाशित मिति: १८:४७ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











