सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब बजेट, वृद्ध भत्ता बढेन, ‘कोखदेखि शोकसम्म’ कार्यक्रम
काठमाडौं, जेठ १५ : सरकारले सामाजिक सुरक्षामा ‘कोखदेखि शोकसम्म’ कार्यक्रम घोषणा गरेको छ।
नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा रहेका कार्यक्रम सरकारको आगामी वर्षको बजेटमा समेटिएको हो।
सामाजिक सुरक्षामा शिशुको जन्म हुनु अघिदेखि मृत्युकर्मसम्म सरकारको सहयोग रहने गरी यो कार्यक्रम घोषणा गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
सरकारले वृद्ध भत्ता बढाएन । सामाजिक सुरक्षा भत्ताअन्तर्गतको वृद्ध भत्तालाई पुरानैजसरी निरन्तरता दिएको छ ।
अर्थमन्त्री डा. महतले यसअघि दिँदै आएको मासिक ४ हजार रुपैयाँलाई निरन्तरता दिइने बताए।
सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब रुपैयाँ बजेट विनियोजन काठमाडौं-सामाजिक सुरक्षा भत्तका लागि आगामी आर्थिक वर्ष बजेट मार्फत १ खर्ब ५७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यसैगरी ६० वर्ष उमेश पुरा भएका दलितहरुलाई दिने भत्तालाई पनि निरन्तरता दिइने भएको छ। सfमाजिक सुरक्षा भत्तालाई व्यवस्थिति गर्न यसमा रहेको दोहोरपन हटाइने घोषणा बजेट मार्फत गरिएको छ।
यसैगरी भत्ता वितरण बैंकिङ प्रणाली मार्फत दिइने व्यवस्था मिलाउने र सामाजिक सुरक्षा भत्ताका लागि दिगो स्रोतको खोजी गरिने समेत बजेटमा उल्लेख गरिएको छ।





