Kathmandu Press

नवजात शिशुका लागि ‘मिल्क बैंक’

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा ‘मिल्क बैंक’ सञ्चालन गरिने बताए।
नवजात शिशुका लागि ‘मिल्क बैंक’

काठमाडौं, जेठ १५ : नवजात शिशुका लागि सरकारले ‘मिल्क बैंक’ सञ्चालन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यस्तो घोषणा गरेको हो।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा ‘मिल्क बैंक’ सञ्चालन गरिने बताए।

अर्थमन्त्री डा. महतले विपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गरिएको बताए।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, जेठ १५, २०८०