Kathmandu Press

संघीय अस्पतालबाट मिर्गोलाको प्रत्यारोपण, ८ प्रकारका घातक रोगकाे उपचार गर्न २ अर्ब ५० करोड

संघीय अस्पतालबाट मिर्गोलाको प्रत्यारोपण,  ८ प्रकारका घातक रोगकाे उपचार गर्न २ अर्ब ५० करोड

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालहरूबाट मिर्गोलाको प्रत्यारोपण सेवा पुर्‍याउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट बक्तव्यमा उक्त घोषणा गरिएको हो। यस्तै बाँझोपनको उपचार हुने व्यवस्था समेत गर्ने भनिएको छ।

सरकारले आगामी आर्थिक वर्षमा आठवटा घातक रोगीलाई उपचार खर्चका लागि दुई अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बक्तव्यमा सो रकम छुट्याइएको हो।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, जेठ १५, २०८०