Kathmandu Press

विदेश पलायन रोक्न ‘अबको जीवन स्वदेशमै’ कार्यक्रम

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यक्रममार्फत वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलतामा विकास र रोजगारी सिर्जना गरिने भएको छ।
विदेश पलायन रोक्न ‘अबको जीवन स्वदेशमै’ कार्यक्रम

काठमाडौं, जेठ १५ : सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न बजेटमार्फत ‘अबको जीवन स्वदेशमै’ भन्ने नारा दिएको छ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। उक्त कार्यक्रममार्फत वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलतामा विकास र रोजगारी सिर्जना गरिने भएको छ।

यस्तै विदेशमा अलपत्र परेका नागरिकको शीघ्र उद्धार गरिने, मृत्यु भएमा राहत र क्षर्तिपूर्ति स्थानीय तहबाट प्रदान गरिने भएको छ।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्