२५ हजार भूमिहीनलाई लालपूर्जा वितरण गरिने
सरकारले महानगर र उपमहानगरपालिकामा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ। यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।
काठमाडौं, जेठ १५ : सरकारले २५ हजार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने घोषणा गरेको छ। सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान घोषणा गरेको हो।
यस्तै, सरकारले महानगर र उपमहानगरपालिकामा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्ने घोषणा गरेको छ। यसका लागि भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।
डा. महतले सबै मालपोत र नापी कार्यालयको सेवा अनलाइन प्रणालीबाट हुने व्यवस्था गरिने उल्लेख गरे।
प्रकाशित मिति: १७:५३ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











