औद्योगिक ग्राम बनाउन ४१ करोड , ३ करोड क्युविक फिट काठ स्वदेशी जंगलबाट

काठमाडौं, जेठ १५ : सरकारले औद्योगिक ग्राम बनाउन ४१ करोड छुट्याएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गदै उक्त रकम छुट्टाइएको जानकारी दिए। काभ्रेको पाँचखालमा निर्माणाधीन ग्रामलाई महिला औद्योगिक ग्राम नामकारण गरिने बताए।
सरकारले काठको माग धान्न ३ करोड क्युविक फिट काठ स्वदेशी जंगलबाट आपूर्ति गर्ने भएको छ। फर्निचर र फर्निसिङ आयात नगर्ने घोषणा गरेको सरकारले सरकारी, सामुदायिकलगायत वनबाट ३ करोड क्युविक फिट काठ आपूर्ति गर्ने नीति लिएको हो।
प्रकाशित मिति: १७:४० बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











