Kathmandu Press

कृषिमा ५८ अर्ब ९८ करोड विनियोजन

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।
कृषिमा ५८ अर्ब ९८ करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले बजेटमा कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड विनयोजन गरेको बताए। उखु किसानका लागि मात्र ८० करोड विनियोजन गरिएको जानकारी दिए।

एक सय स्थानीय तहमा घाँसे बाली विकास र पोषण सुधार गर्न कार्यक्रम सञ्चालन गरिने भएको छ। कृषि पशुपालनमा युवा जनशक्तिलाई आकर्षित गर्न एक अर्ब २० करोड विनियोजन गरिएको छ।

दुई लाख बढी किसानको बाली तथा अन्य बिमाका लागि ९५ करोड विनियोजन गरिएको छ।

गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ। सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ।

चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।

 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्