Kathmandu Press

रैथाने बिउ संरक्षण गरी खेती विस्तार गर्ने

रैथाने बिउ संरक्षण गरी खेती विस्तार गर्ने

काठमाडौं, जेठ १५ : सरकारले रैथाने वीउ संरक्षण गरी खेती विस्तार गर्ने भएको छ।

आर्थिक वर्ष २०८०,८१ को बजेटमा  रैथाने खाद्य बालीको वीउ संरक्षण गरिने भनिएको छ।

‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक पोषणयुक्त रैथाने खाद्य बालीको बिउ संरक्षण गरी खेती विस्तार गरिने भएको हो।

जुम्लाको मार्सी धान, पाल्पा र सल्यानको अदुवा, गुल्मीको कफी, मुस्ताङको आलुलगायत उत्पादको ‘ब्रान्डिङ’ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिने भएको छ।

प्रकाशित मिति: १७:२६ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्