Kathmandu Press

इन्धनबापत निश्चित रकम उपलब्ध गराउने, अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक

अर्थमन्त्री डा. महतले भने, 'देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको छ।' 
इन्धनबापत निश्चित रकम उपलब्ध गराउने, अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक

काठमाडौं, जेठ १५ : सरकारले स्रोतमा परेको चापलाई मूल्यांकन गरी खर्च कटौती गर्न सरकारी सवारी सुविधा पाउनेलाई इन्धनबापत निश्चित रकम उपलब्ध गराउने भएको छ।

इन्धनबापत अनुचित पैसा असुल्ने क्रमलाई नियन्त्रण गर्न निश्चित रकम उपलब्ध गराउने नीति लिइएको हो ।

'सवारीसाधनको सुविधा पाउनेलाई इन्धनवापत निश्चित रकम उपलब्ध गराउने निर्णय गरेको छु,' अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा भने ।

सरकारले सार्वजनिक खर्च कटौतीका लागि देशको प्रतिनिधिका लागि अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने जनाएको छ।

अर्थमन्त्री डा. महतले भने, 'देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको छ।' 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्