Kathmandu Press

लगानी सम्मेलन गरिने, कम्पनी खोल्न र नवीकरण गर्न पैसा नलाग्ने

राष्ट्रिय महत्वका आयोजनामा भायाबलिटी ग्याप फण्डिङको व्यवस्था गरी निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने घोषणा पनि उनले गरे।
लगानी सम्मेलन गरिने, कम्पनी खोल्न र नवीकरण गर्न पैसा नलाग्ने

काठमाडौं, जेठ १५ : सरकारले यसैवर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ।

सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले २०८० सालमा लगानी सम्मेलन घोषणा गरे।

यस्तै, अर्थमन्त्री डा.महतले निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण लिन सहजीकरण पनि बताए ।

राष्ट्रिय महत्वका आयोजनामा भायाबलिटी ग्याप फण्डिङको व्यवस्था गरी निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने घोषणा पनि उनले गरे।

सरकारले बजेटमार्फत १ सय रुपैयाँ अधिकृत पुँजीमा पनि कम्पनी खोल्न पाउने व्यवस्था गरेको छ भने नयाँ कम्पनी खोल्न र नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्