९ महिनादेखि बोलपत्र नभएका आयोजनाहरूको स्रोत सहमति खारेज, आयोजनाको अनुगमन गर्न समिति
आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत त्यस्ताे बताएका हुन्।
काठमाडौं, जेठ १५ : सरकारले ९ महिनादेखि बोलपत्र नभएका आयोजनाहरूको स्रोत सहमति खारेज गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत त्यस्ताे बताएका हुन्।
'यसअघि समिति दिएका मध्ये ९ महिना पुरा भई हाल सम्म बोलपत्र आह्वान नभएका तथा आगामी वर्षको बजेटमा विनियोजन प्रस्ताव नगरेका आयोजनाको स्रोतको सहमति खारेज गरेको छु,' उनले भने ।
सरकारले एक अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाको अनुगमन गर्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा समिति बनाउने तयारी गरेको अर्थमन्त्री डा. महतले बताए।
उनले राष्ट्रिय योजना आयोगको सदस्यको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको पदाधिकारी रहेको अनुगमन समिति बनाइने जानकारी दिए।
प्रकाशित मिति: १७:०० बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











