Kathmandu Press

बजेट समृद्धि, सुशासन तथा सामाजिक न्यायमा बजेट लक्षित : अर्थमन्त्री

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै डा.महतले तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य रहेको उल्लेख गरे।
बजेट समृद्धि, सुशासन तथा सामाजिक न्यायमा बजेट लक्षित : अर्थमन्त्री

काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट समृद्धी, सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने बताएका छन्।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै डा.महतले तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य रहेको उल्लेख गरे।

आगामी बजेट समिद्धी सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने उनले बताएका छन्।

प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योगको प्रवद्र्र्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा आवद्ध गर्न प्रेरित गर्ने उद्यमशिलता विकास गर्दै गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेर्ना गर्ने तथा स्रोत र साधानको प्रभावकारी एवम् परिणाममुखी बनाउने दिशामा बजेट उन्मुख रहेको अर्थमन्त्री डा. महतले बताए।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्