Kathmandu Press

सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

महतले आगामी बजेट समृद्धि, सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने बताए।
सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन्। 

कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो ।

विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने तर काम भने शुरू नहुने समस्या थियो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका आयोजनामा आवश्यकता अनुसार बजेट दिएका छन् भने शुरू नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन् ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।

महतले आगामी बजेट समृद्धि, सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुने बताए। उनले तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने बजेटको उद्देश्य रहेको बताए।
 
'आगामी बजेट समिद्धी सुशासन तथा सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ। प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योगको प्रवर्द्र्धन गर्ने डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा आवद्ध गर्न प्रेरित गर्ने उद्योमशिलता विकास गर्दै गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधानको प्रभावकारी एवम् परिणाममुखी बनाउने दिशामा बजेट उन्मुख रहेको छ,' उनले भने।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्