चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान
आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरे।
काठमाडाैं, जेठ १५ : सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको छ।
यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब तीन अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरे।
उनले १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशत मात्रै राजस्व उठ्ने अनुमान गर]को छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले गत वर्षका तुलनामा यो वर्ष राजस्व गत वर्षको तुलनामा ५ प्रतिशत अर्थात अर्थमन्त्री महतले चालु आर्थिक वर्ष ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने जानकारी दिए।
आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनुमान थियो। कुल सरकारी खर्च मध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने अनुमान थियो ।
गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो। यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ ।











