‘जवानी जानेमन’ले तीन दिनमा कयो १२ करोड
काठमाडौं, माघ २० : सैफ अलि खान र तबूको ‘जवानी जानेमन’ले तीन दिनमा १२ करोड भारतीय रुपैयाँ कमाएको छ।
यो फिल्मबाट ठूलो अपेक्षा गरिए....

काठमाडौं, माघ २० : सैफ अलि खान र तबूको ‘जवानी जानेमन’ले तीन दिनमा १२ करोड भारतीय रुपैयाँ कमाएको छ।
यो फिल्मबाट ठूलो अपेक्षा गरिएको थियो। तर, सुरुआत नै सुस्त रह्यो। पहिलो दिन तीन करोड र दोस्रो दिन चार करोड २५ लाख भारतीय रुपैयाँ कमाएको ‘जवानी जानेमन’ले तेस्रो दिन अझ राम्रो गरेको छ।
आइतबार पाँच करोड भारतीय रुपैयाँ कमाएको बक्स अफिस इन्डियाले जनाएको छ।
४० करोडमा बनेको यो फिल्मले लगानी उठान गाह्रो हुने अनुमान गर्न थालिएको छ। यो फिल्म नितिन कक्करले निर्देशन गरेका हुन्।
प्रकाशित मिति: १४:०२ बजे, सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












