टीकापुर घटनाबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ : रेशम चाैधरी
सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै चौधरीले टिकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
नेपालगन्ज, जेठ १५ : आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन्।
सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै चौधरीले टिकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन्।
यसका लागि घरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उहाको भनाइ छ । उहाले टिकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गर्नुभयो । त्यही फिल्मको रणभूल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए।
चौधरीले टिकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लािग आफुले पनि केहि पहलकमदी लिने जिकिर गरे। उनले आम माफी पाएर आफु रिहा भएपनि आफुहरु हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे। चौधरीले टीकापुर घटनालाई कस्तो रुप दिने भन्ने कुरा राज्यले नै निर्क्याेल गर्नुपर्ने जिकिर गरे।
उनले टिकापुर घटनालाई राजवन्दीहरुलाई आफुजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए। चौधरीलाई उहाका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए।