Kathmandu Press

अब कांग्रेसले चुनावअघि कसैसँग तालमेल गर्दैन : गगन थापा

उनले प्रमुख तीन दलका शीर्ष नेताले सदनमा सांसदले बोलेका कुरा रेकर्डबाट हटाउने सहमति गर्नुले संसदको अधिकारमाथि हनन भएको तर्क गरे।
अब कांग्रेसले चुनावअघि कसैसँग तालमेल गर्दैन : गगन थापा

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने बताएका छ।

सोमबार कांग्रेस ललितपुर क्षेत्र नं. २ को प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले पार्टी नेतृत्वको गलत कदमले पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै पद धरापमा परे पनि पार्टी सुधारको अभियानलाई अघि बढाउने बताएका हुन्।

यसअघि पार्टीको बैठकमा फरक मत राख्दा पनि बहुमतले गरिएको निर्णय मानेको भन्दै उनले अब त्यसो नहुने बताए।

महामन्त्री थापाले चुनावअगाडि नै गठबन्धन गर्दा पार्टी कमजोर बनेकाले कांग्रेसले गरेको गल्तीलाई स्वीकार गरेर जनतासँग माफी माग्दै चुनावअगाडि कहिल्यै पनि तालमेल नगर्ने प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे।

त्यस्तै उनले प्रमुख तीन दलका शीर्ष नेताले सदनमा सांसदले बोलेका कुरा रेकर्डबाट हटाउने सहमति गर्नुले संसदको अधिकारमाथि हनन भएको तर्क गरे। एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसले यस विषयमा सहमति जनाउनु उचित नभएको उनको भनाइ छ।

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्