Kathmandu Press

शिक्षा क्षेत्र सुधारकाे माग गर्दै प्रधानमन्त्रीलाई नेविसंघकाे ज्ञापनपत्र

सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगाएतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो।
शिक्षा क्षेत्र सुधारकाे माग गर्दै प्रधानमन्त्रीलाई नेविसंघकाे ज्ञापनपत्र

काठमाडाैं, जेठ १५ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगाएतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो।

नेविसंघले संघीय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शिक्षा क्षेत्रमा हुने राजनीति र भागवण्डाको अन्त्य गर्नुपर्ने लगाएतका माग राखेका छन्।

त्यस्तै सडक, हवाई यातायात र मनोरञ्जन क्षेत्रमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलिय प्रदान गर्नुपर्ने, नीति तथा कार्यक्रममा छुट भएका अन्य बिषयहरुलाइ समावेश गर्नुपर्ने लगाएतका माग राखिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

सुसासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै नेविसंघले सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको बताएको छ। सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए।

साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको उनले बताए।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्