रास्वपाकी विन्दबासिनी कंसाकारले आज सांसदकाे शपथ लिने
समानुपातिकबाट सांसद बनेकी उनले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछिन्।
काठमाडौं, जेठ १५ : ढाकाकुमार श्रेष्ठ निष्कासित भएपछि सिफारिसमा परेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले सोमबारबाट औपचारिक रूपमा प्रतिनिधिसभा सदस्य बन्दै छिन्।
समानुपातिकबाट सांसद बनेकी उनले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिँदैछिन्। दिउँसो ३ बजे कंसाकारलाई शपथ गराउने कार्यक्रम तय गरिएकाे सभामुख देवराज घिमिरेको सचिवालयले जनाएकाे छ।
मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि यसअघिका सांसद ढाकाकुमार विवादमा परेका थिए। रास्वपाले उनलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाएकाे हाे।
ढाकाकुमार पद थमाैतीका लागि सर्वोच्च अदालतमा रिटसमेत दिएका थिए। तर सर्वोच्चबाट उनकाे मागअनुसार निर्णय आएन। त्यसपछि कंसाकार सांसद बन्ने पक्का भएकाे थियाे।
प्रकाशित मिति: १४:५४ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











