Kathmandu Press

सगरमाथा दिवसको अवसरमा पदयात्रा

पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो।
सगरमाथा दिवसको अवसरमा पदयात्रा

काठमाडाैं, जेठ १५ : १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ।

पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो।

सो पदयात्रामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए), ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान), होटल एशोसियशन अफ नेपाल (हान), नेपाल एशोसियश टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायत सङ्घ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदै आइएको छ। सगरमाथाको चुचुरोमा पाइला राखेको आज ७० वर्ष पूरा भएको छ ।

सन् १९५३ मे २९ तारिखमा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा मानव पाइला राखेका थिए। 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्