गणतन्त्रको विकल्प गणतन्त्र नै हो : मुख्यमन्त्री यादव
१६औं गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना दिँदै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए।
धनुषा, जेठ १५ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन्।
१६औं गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना दिँदै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए।
‘गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफैं गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शंका छैन्,’ सन्देशमा भनिएको छ, ‘जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ।’
उनले राजनीतिक दलहरु अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी रहेको बताए ।
प्रकाशित मिति: १२:१९ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार