गणतन्त्र दिवसका १६ तस्बिर
समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
काठमाडौं, जेठ १५ : काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी १६औं गणतन्त्र दिवस मनाइएको छ। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।
समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु पनि गणतन्त्र समारोहमा भाग लिन टुँडिखेल पुगेका थिए।

























