Kathmandu Press

आगामी आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।
आगामी आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

काठमाडौं, जेठ १५ : सरकारले आज आर्थिक वर्ष २०८०, ८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लागेका हुन् । 

आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

Hardik ivf

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

अर्थमन्त्री महतले कार्यान्वयनयोग्य बजेट मात्रै ल्याउने बताएका छन् । हिजो संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति पेस गरी बाहिरिने क्रममा अर्थमन्त्री महतले कार्यान्वयनको कुरालाई मध्यनजर राखेरै बजेट आउने बताएका हुन् । 

प्रकाशित मिति: ०८:४१ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्