Kathmandu Press

गणतन्त्रको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्र बनाउन सकिन्छ : सभापति देउवा 

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन्  ।
गणतन्त्रको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्र बनाउन सकिन्छ : सभापति देउवा 

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिने बताएका छन् । 

आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं सभापति देउवाले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन्  । उनले भनेका छन्, मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । 

यस्तै उनले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । 

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरी गणतन्त्र कार्यान्वयनको लागि वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । 

यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्