Kathmandu Press

६०० कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा

प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ।  
६०० कलाकारका सात सय कलाकौशल प्रदर्शनीमा

काठमाडाैं, जेठ १४ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ।

प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ। 
    
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकलामूर्तिकला, समसामयिक चित्रकलामूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाका छ सयभन्दा बढी कलाकारका करिब सात सय कलाकृति रहने छन्।

Hardik ivf

उद्घाटनका दिन सोमबार चार स्रष्टालाई सम्मान–पुरस्कार दिइनेछ भने सहभागी तिनै कलाकारमध्ये ३८ जना पुरस्कृत पनि हुँदैछन्। ‘अनुसन्धान, सिर्जना र सम्मान’ लक्ष्य बोकेको नाफाले  गणतन्त्रलाई महोत्सव बनाउन गणतन्त्र दिवसलाई नै छानेर सोही दिनदेखि जेठ ३० गतेसम्म प्रदर्शनी  गर्न लागेको नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए। 

'पन्ध्र दिनका अवधिमा कलाका विविध विषयमा विज्ञ, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग प्यानल डिस्कनसमेत हुनेछ', थुम्केलीले भने। 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्