Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन्।
पूर्वराष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडाैं, जेठ १४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गरेकी छन्।

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन्।

राससका फोटो पत्रकारहरुले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन्। 

तस्बिर अवलोकनपछि राससकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको रसायन मानिने सांस्कृतिक क्षेत्रका तस्बिर समावेश गरी प्रदर्शनी गरिनु सामयिक भएको बताइन्। संस्कृति एक समाज र अर्को समाजबीच सर्दै जाने पनि हुने भएकाले हरेक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्न उनले जोड दिइन्। 

पूर्वराष्ट्रपति भण्डारी रासस परिसरमा आउँदा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धहरु, विभागीय प्रमुखहरुलगायतले स्वागत गरेका थिए।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, जेठ १४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्